रवि लामिछानेको पक्षमा : विपिन र रमेशको हस्ताक्षर


लोकप्रिय अभिनेता विपिन कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको पक्षमा ऐक्यबद्धता जाहेर गरेका छन्।

अभिनेता कार्कीले आइतबार रास्वपाको केन्द्रीय कार्यालय पुगेर सो पार्टीले राजनीतिक प्रतिशोध भइरहेको जनाउँदै सञ्चालन गरिरहेको हस्ताक्षर अभियानमा हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका हुन्।

उनले रास्वपाका अध्यक्ष लामिछानेमाथि राजनीतिक व्यवहार भइरहेको जनाउदै पार्टीले सञ्चालन गरेको विरोध स्वरूप चलाइएको सो अभियानमा हस्ताक्षर गर्दै आफूले नागरिकको हैसियतले अन्यायको विरोधमा उभिन जरुरी ठानेको बताएका छन्।