लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म आबाट आमामा अभिनेताका रूपमा पल शाह अनुबन्धित भएका छन्।
पलले फिल्मको स्क्रिप्ट मन परेकाले काम गर्न राजी भएको बताएका छन्। फिल्ममा अनुबन्धित भइसकेपछि उनले आफुलाई फिल्मको स्क्रिप्टले भावुक बनाएको खुलाए। ‘सबैभन्दा पहिला त यो फिल्मको स्क्रिप्ट मन पर्यो मलाई। स्क्रिप्ट एकदमै इमोसनल छ। अनि टिममा पनि दिग्गज कलाकारको टिम लिएर निर्माण गर्न लाग्नु भएको रहेछ। त्यसैले पनि मैले आबाट आमामा काम गर्न लागेको हुँ’ पलको भनाइ ‘साथसाथै चन्द्र पन्त दाइले यसअघि फिल्म ह्रस्वदीर्घ अति राम्रो मेकिङ गर्नु भएको थियो। त्यस कारण यो फिल्म पनि मेकिङको हिसावले राम्रो बन्नेछ।’
यसअघि फिल्ममा आमाको भूमिकाका लागि अभिनेत्री विपना थापा अनुबन्धित भइसकेकी छन्। विपनालाई निर्देशक पन्तले नै गत वर्ष प्रदर्शनमा आएको फिल्म ह्रस्वदीर्घमार्फत १६ वर्षको अन्तरालमा नेपाली रजतपटमा पुनरागमन गराएका थिए। निर्देशक पन्तले फिल्ममा विपनाको शीर्ष भूमिकामा रहने जानकारी गराएका छन्।
अभिमन्यु निरवीले स्क्रिप्ट लेखिरहेको फिल्मको थिम पोस्टर केही दिनअघि सार्वजनिक भएको थियो। जसमा आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो। फिल्मले आमा र सन्तानबीचको गहिरो कथा भन्ने छ। पन्तका अनुसार फिल्म आगामी फागुन १५ गतेबाट सार्वजनिक रूपमा प्रदर्शनमा आउने छ।











प्रतिक्रिया