बुटवल।
नेपाली कांग्रेस कपिलवस्तुले लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीलाई जिल्लामा हुने पार्टीका र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएको छ । पार्टी सभापति अब्दुल कलामद्धारा सोमवार जारी विज्ञप्तिमा यही असार १ गते लुम्बिनी सरकारले सार्वजनिक गरेको बजेट वक्तव्यमा कपिलवस्तु जिल्लालाई वाईपाास गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
त्यस्तै विनियोजित बजेटमा कपिलवस्तु जिल्लाको समग्र विकास योजनाहरु हेर्दा न्यून रहेकोले सङ्घीयताको मर्म र भावना विपरीत पहुँचवाला, स्वयम मन्त्रीको क्षेत्र जिल्लामा मात्र बढी योजना रहेको देखिएकोले पार्टीको निर्णयलाई समेत नमानी आफ्नो मनमानी गरेको हुँदा नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गरेका सम्पूर्ण मन्त्रीहरुलाई कपिलवस्तु जिल्लाको सार्वजनिक तथा पार्टीको कुनै पनि कार्यक्रममा सहभागी नगराउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै यस अघि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समापति अमर सिंह पुनले पनि विज्ञप्ति जारी गरी बजेट प्रति असहमति जाहेर गर्नु भएको थियो । समग्रमा लुम्बिनी सरकारले ल्याएको बजेट प्रति सरकारको नेतृत्व गरेको एमालेका प्रदेश सांसदले पनि असहमति जनाएका छन् ।












प्रतिक्रिया