पनौती नगरसभा स्थगित: भागबन्डाको विवाद कि बहुमतको दम्भ ?

26.04k
Shares

पनौती, काभ्रे ।

बजेट बाँडफाँड  सम्बन्धी नेपाली काँग्रेस र नेकपा एमालेको विवादले पनौती नगरपालिकाको १७औं नगर अधिवेशन स्थगित भएको छ । आगामी  आर्थिक वर्षको लागि कुल १ अर्ब ६१ करोड ११ लाख ११ हजार  विनियोजन रकम पास गर्ने गरी आज सोमबार बसेको नगर अधिवेशन उपमेयर पक्षका बहुमत सदस्य अनुपस्थित भएको कारण स्थगित भएको छ । 

पनौती नगरसभामा नेपाली काँग्रेसका  तर्फबाट  समाजवादीसहित २३ सदस्य छन भने एमाले तर्फका ४७ सदस्य छन । कार्यपालिकामा समेत बहुमत रहेको एमालेले कार्यपालिका बैठकमा सहमति गरेपनि नगरसभामा प्रस्तुत गर्न लागिएको बेला असहमति जनाउँदै बैठकमा उपस्थित नभएको कारण नगरसभा स्थगित गरेको नगरप्रमुख रामशरण भण्डारीले बताएका छन् । 

कार्यपालिका बैठकमा भएको पूर्व सहमति अनुसार कुल बजेट १ अर्ब ६१ करोड ११ लाख ११ हजारमा नियमित हुने पुजिगत र चालु खर्च छुट्टाएर ३६ करोड रुपैयाँ  मध्य ५ करोड ३५ लाख रुपैयाँ बसपार्क, रंगशाला, तरकारी बजार स्मार्ट लाइट, सिचाई खानेपानी तथा ढल मर्मत, विपत् पुनर्निर्माण अन्तर्गत घर निर्माण लगाएतमा खर्च गर्ने तथा मेयर र उपमेयरले ९ करोड ३२ लाखको योजना छान्ने  तथा प्रत्येक वडा अध्यक्षहरुलाई क्रमशः एक÷एक करोडको योजना छन्ने सहमतिलाई उपमेयर पक्षले कार्यान्वयन नगरेको आरोप मेयर पक्षको छ । 

उपमेयर गीत बन्जाराले भने मेयरले सहमति विपरीत कुल बजेट १ अर्ब ६१ करोड ११ लाख ११ हजारमा थप ४ करोड ८५ लाख बजेट थपेर सिलिङ बढाएको भन्दै यसमा सहमति हुन नसकेको कारण नगर सभामा उपस्थित नभएको बताएकी छन्  । बजेटको सिलिङ बढाएपछि कार्यपालिकाले बैठकले पास गर्नुपर्छ भन्ने हाम्रो भनाई हो भन्दै उपमेयर वञ्जाराले भनिन् – विधि नपु¥याई ल्याएको बजेटमा हाम्रो समर्थन रहँदैन । 

तर, मेयर रामशरण भण्डारीले भने यसलाई नगरसभा विथोल्ने बहानाबाजी मात्र भएको बताएका छन् । बजेटको सिलिङमै रहेको भन्दै उनले भने– उपमेयरले भनेको कुरा ४ करोड ८५ लाख नभै मेयर, उपमेयर र वडा अध्यक्षले खर्च गर्ने गरी छुट्टाइएको ३६ करोड बाट बसपार्क, रंगशाला, तरकारी बजार स्मार्ट लाइट, सिचाई खानेपानी तथा ढल मर्मत, विपत् पुनर्निर्माण अन्तर्गत घर निर्माण लगाएतमा ५ करोड ३५ लाख विनियोजन गरिएको  बताएका छन् । विवाद भएपछि पनौती नगरसभा ११ गते ११ बजे बस्ने गरी स्थगित भएको नगरप्रमुख भण्डारीले बताए । 

आगामी बस्ने सभामा पनि सहमति नभए त्यसको एकहप्ता भित्र २५ प्रतिशत सदस्यहरुको उपस्थितिमा सभा सम्पन्न गर्न सकिने कानुनी प्रावधान रहेको छ । मेयर भण्डारीले अब कार्यपालिका बैठक नबोलाउने बताएका छन् । नगर सभामा प्रत्येक वडाबाट ल्याइएको एक करोड ३० लाखको योजना समावेश गरिनुका साथै थप वडा अध्यक्षले छानेका एक करोड बराबरको योजना समेत समावेश गरिने भन्दै उनले मेयर र उपमेयरले छान्ने ९÷९करोड भन्दा बढीको योजना पनि प्रत्येक वडामा एक वा दुई भन्दा नबढ्ने गरी एक करोड भन्दा बढीको योजना छानिने बताइएको छ ।