काठमाडौं।
तेस्रो मंगलादेवी प्रो के वान किकबक्सिङ प्रतियोगिताको मुख्य उपाधि युगिन शर्माले जितेकी छन् ।
उनले महिला फ्लाईवेट नेसनल टाइटलको फाइनलमा सुस्मीता थापामगरलाई हराउँदै उपाधि हात पारिन् । उपाधिसँगै युगिनले एक लाख रुपैयाँ नगद पुरस्कार पनि पाइन् ।
प्रतियोगिता कांग्रेस नेतृ मंगलादेवी सिंहको स्मृतिमा आयोजना गरिएको हो । यसमा पाँच वटा नेसनल टाइटलका लागि प्रतिस्पर्धा भएको थियो । पुरुषतर्फको फ्लाईवेट टुर्नामेन्टमा सन्जु तामाङले उपाधि जिते । उनले सन्जोक राईलाई फाइनलमा हराएका थिए । फेदर वेटमा रोहित चुनाराले रोहित कयाथलाई हराएर जित निकाले । त्यस्तै, लाइट वेट नेसनल टाइटल महेन्द्र गजमेरले जिते । उनले फाइनलमा सनम घुस्रेलाई पराजित गरे ।
फ्लाई वेट टाइटल कविन देशार वामीले जिते । उनले हरि मिजारलाई हराएका थिए । प्रतियोगिताको अन्य खेलमा आदिन स्वामीले विजेस दर्लीलाई हराएका थिए । सबै उपाधि विजेताहरूले जनही एक–एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।











प्रतिक्रिया