काठमाडौं।
मनास्लु र वारियर्सले प्रथम एलएनए एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको आइतबार जितेका छन् ।
मनमैजुस्थित आयोजक लालीगुराँस नेसनल एकेडेमी (एलएनए) मा भएको ब्वाइज फाइनलमा मनास्लुले एनएनएलाई २१–१७ ले पराजित ग¥यो । गल्र्सको उपाधि भिडन्तमा वारियर्सले एनसीसीएसलाई १९–१६ ले हरायो । ब्वाइजमा मनास्लुका अविश्न चालिसे तथा गल्र्समा वारियर्सकी प्रकृति खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
दुवै समूहको विजेताले ८ हजार तथा उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै विजेता र उपविजेता टोलीका प्रत्येक खेलाडीलाई प्लस २ अध्ययन गर्न क्रमशः ७० र ५० प्रतिशत छात्रवृत्ति पनि प्रदान गरिएको एलएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।











प्रतिक्रिया