गुल्मी ।
गुल्मी जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व उजागर गर्ने उद्देश्यले तयार गरिएको भजन रेसुङ्गा जाऔं सार्वजनिक गरिएको छ।
हुमकला रानाले लेखेको भजनमा रेसुङ्गा क्षेत्रमा रहेका धार्मिक तीर्थस्थल, हरियाली, शान्त वातावरण र आस्थाको गहिरो सम्बन्धलाई शब्दमा उनिएको छ। भजनमा सन्तु थापा र वन्दना पाण्डेको स्वर रहेको छ। भजनको भिडियोको छायांकन रेसुङ्गा क्षेत्रमै गरिएको छ। रेसुङ्गाको गगनचुम्बी डांडांमा उभिएको मन्दिर, जङ्गलको हरियाली, खुला आकाश र त्यहाँ पुग्ने भक्तजनको भावना भिडियोमा उतारिएको छ। भजनमार्फत रेसुङ्गाको धार्मिक महत्त्वको प्रचार–प्रसार गर्ने र धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्य रहेको गायक थापाले बताए। भजन उनकै युट्युबमार्फत सार्वजनिक गरिएको छ।











प्रतिक्रिया