रुद्र शेखर शर्माको गायन: नेपालीदेखि हिन्दी हुँदै अंग्रेजीसम्म


नेपाली आधुनिक गीत संगीतको क्षेत्रलाई समृद्ध बनाउने केही यस्ता कलाकार छन्, जसले स्वर मात्र होइन आत्मा समेट्दै आएका छन्। त्यस्तै एक नाम बनेका छन् रुद्र शेखर शर्मा।

झापामा जन्मिएका रुद्र हुर्किएको घर सांगीतिक वातावरणले भरिएको थियो। उनका पिता जिपी शर्मा स्वयं एक कुशल गीतकार हुन् भने आमा भूमिका उपाध्याय शिक्षिका। बाबुको कलम र आमाको अनुशासनबीच हुर्किएका रुद्रको बाल मस्तिष्कमा गीतको पहिलो धुन घरकै छानोमुनि बज्न थाल्यो। रुद्रले घरमै सांगीतिक माहोलमा पहिलो क्लास लिए, जहाँ उनका गुरु उनका आमा–बाबु नै थिए। झापा छाडेर उनका अभिभावक काठमाडौं बसाईसरे, रुद्रको गायन यात्रा परिष्कृत हुन थाल्यो। उनले श्रुति संगीत विद्यालय, परिवर्तन नेपाललगायत विभिन्न संस्थाबाट संगीतको औपचारिक ज्ञान हासिल गरे।

पढाइसँगै उनी विभिन्न गायन प्रतियोगिता, विद्यालयका कार्यक्रम तथा सामाजिक समारोहमा नियमितरूपमा सहभागी हुने क्रममा उनले सिनियर गायकको ट्रयाकमा पनि गाउने मौका पाए। जसले उनको आत्मविश्वासमा उच्च हुन थाल्यो। गायक बन्ने दृढ संकल्पका साथ आफूले पहिलोपटक रेकर्ड गराएको गजल गीत दुख्दिन मले जीवनको मोड बदलेको रुद्र सुनाउँछन्। ‘रेकर्ड गर्ने दिन डरले म रातो पिरो भएको थिएँ रुद्रले सम्झिए ‘श्रोताले मेरो स्वरलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने डर थियो। तर जुन प्रतिक्रिया आयो, त्यसले मलाई कलाकारको रूपमा नयाँ आत्मविश्वास दिलायो र यो क्षेत्रमा अघि बढ्न सघायो। रुपम नामक एल्बम्मा सङ्गृहित सन् २०१८ को उनको त्यो पहिलो गीतले नै उनलाई छैटौं राष्ट्रिय राप्ती म्युजिक अवार्डअन्तर्गतको सर्वोत्कृष्ट नव गायकको अवार्ड दिलायो।

संसारलाई कोभिड १९ महामारीले गांजीरहेका बेला गायक शर्माले भने संकटलाई पनि प्रेरणाका रूपमा ग्रहण गर्दै देवदूत हौ तिमी बोलको गीतमार्फत् कोभिड उपचारका लागि सक्रिय स्वास्थ्यकर्मीलाई सम्मान र समर्थन प्रकट गरे। त्यही कठिन समयमा उनले शितल ताप्नु, वर्षौ“ बित्यो घाम छाया“मा, अलिकतिजस्ता गीत ल्याएर गायन क्षेत्रलाई निरन्तरता दिए।

हाल अमेरिकामा बसोबास गर्दै आएका उनले त्यहाँ कार्यक्रम तथा विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा आप्mनो प्रस्तुति दिंदै आएका छन्। बलिउडका लोकप्रिय गायक सोनु निगमसंगको सहकार्यमा प्रस्तुत जिना अभी बाँकी है हिन्दी गीतमार्फत् अन्तर्राष्ट्रिय भाषाको गीतमा पनि आफूलाई निखार्ने मौका पाएका उनले दिल चल दिया, के होला भोली, के छ ओई सान्नानीजस्ता गीत दर्शक स्रोतालाई पस्कि“दै आएका छन्। अमेरिका रहंदा नै उनले जोए. आरको शब्द संगीतमा टेक मि ब्याक बोलको अंग्रेजी गीतसमेत गाएर आफूलाई बहुभाषी गायक सावित गर्दै आएका बहुप्रतिभाशाली गायक उनले गजलमा आफ्नो राम्रो पहिचान बनाएका छन्।

गायक शर्माले गायन क्षमता र संगीत क्षेत्रमा योगदान पु¥याएवापत विभिन्न अवार्ड र सम्मान चुम्दै आएका छन्। उनले गीता सापकोटा हुमागार्इं रचना र सन्तोष श्रेष्ठको संगीतको किन बोलको गजलबाट राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२४ मा सर्वोत्कृष्ट गजल गायक, जिपी शर्माको शब्द र दीपक शर्माको संगीतको के होला भोलीबाट पाँचौं जिनियस म्युजिक अवार्ड र चौथों क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा लोक-पप गायकको अवार्ड प्राप्त गरेका छन्। आधुनिक, पप, लोकपप, गजलजस्ता संगीतका प्रायः सबै विधामा सहज गायन क्षमता बोकेका उनका केही नयाँ गीत हिन्दी र नेपाली दुवै भाषामा निर्माणाधीन छन्। ‘संगीत मेरो अभिव्यक्ति हो, मेरो अस्तित्व हो, म गीत संगीत विनाको जीवन कल्पना समेत गर्न सक्दिन’ संगीतलाई जीवनको सार मान्ने उनी भन्छन्।