एमआईएस कप सम्पन्न


काठमाडौं।

चोभारस्थित मोडर्न इन्डियन स्कूल (एमआईएस) द्वारा आयोजित एमआईएस कप प्रतियोगिता शनिबार समापन भएको छ ।
प्रतियोगितामा आयोजक स्कूलले बास्केटबल, ब्याडमिन्टन, चेसमा पहिलो स्थान हासिल गरेको थियो । बास्केटबलको ब्वाइज टिमतर्फ एमआर्ईएसले डीएभीलाई ३०–१५ ले हराउँदैं उपाधि जितेको थियो ।

यस्तै, एमआईएसका लागि ब्याडमिन्टनतर्फ जुनियर र सिनियर ब्वाइजमा क्रमशः रायन नाथ र आदिर गुप्ताले उपाधि दिलाए । सिनियर गल्र्सतर्फ भने डीएभीकी नीभा थापामगर पहिलो भइन् ।

टेबलटेनिसतर्फ ब्वाइज टिममा डीएभीले एपीएफलाई ३–० सेटमा हराउँदैं उपाधि जित्यो । गल्र्स टिम फाइनलमा भने सेन्ट मेरिजले एमआईएसलाई पराजित गरेको थियो ।

चेसतर्फ गल्र्स सिनियरमा डीएभीकी प्रज्ञा पन्त पहिलो भइन् । यस्तै, गल्र्स जुनियरमा एमआईएसकी श्रीपर्णा दासले पहिलो स्थान हासिल गरिन् । ब्वाइज सिनियरमा एमआईएसका आशीष गुप्ता पहिलो हुँदा एमआईएसकै आयुष कुशवाहा दोस्रो भए ।

क्रिकेटतर्फ जेम्स स्कूलले एमआईएसलाई फाइनलमा ३ विकेटले हराउँदै उपाधि उचालेको थियो । फुटसलतर्फ सिनियर ब्वाइजको उपाधि डीएभीले जित्यो भने जुनियरतर्फ राइ स्कूलले उपाधि जित्यो । दुबै फाइनलमा आयोजकको टिम पराजित भएको थियो ।

एमआईएस स्कूलका अध्यक्ष सरदार प्रीतम सिंह, श्री ए. जेराल्ड, एमआईएसका प्रिन्सिपल राजु पिटरले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १२ विद्यालयका ६ सय भन्दा बढी विद्यार्थीहरूले भाग लिएका थिए ।

प्रिन्सिपल पिटरले प्रतियोगिता आयोजनाको उद्देश्य विद्यालयहरू बीचको अन्तरक्रिया र विद्यार्थीहरूलाई प्रतिस्पर्धा गर्न र उत्कृष्टता हासिल गर्न मञ्च प्रदान गर्नु बताएका थिए ।