एसएण्डएस प्रोडक्सनको ब्यानरमा निर्माणमा फिल्म किन लाग्छ माया निर्माण हुने भएको छ। मोनु खड्काको निर्माण र कुबेर तामाङको निर्देशनमा बन्ने फिल्मको छायांकन यही साताबाट शुरू हुनेछ।
फिल्मको मुख्य भूमिकामा मेघ सुवेदी अभिनय गर्नेछन्। मेघले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। धिरेन शाक्य, सन्जीत भण्डारी, ऋचा थापा, जानबी बस्नेत, मिस पबीको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउँवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाललगायतका कलाकारहरूले अभिनय गर्ने फिल्ममा स्याडो रियरको, रामकाजी घिमिरेको पटकथा र संवाद, पुष्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन र रामशरण उप्रेतीको छायांकन रहनेछ। दाजु भाइको सम्बन्ध, एक अर्काप्रतिको जिम्मेवारी र त्यागको कथा भन्न फिल्मको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङलगायतका स्थानमा हुनेछ।











प्रतिक्रिया