उत्तमको जन्तीबाख्रो युट्युबमा


कलाकार उत्तम केसीको कथा र सुवास गौतमको निर्देशनमा बनेको फिल्म जन्तीबाख्रो युट्युबमा आएको छ।
दुर्गा केसी र दुर्गा भण्डारीद्वारा निर्मित फिल्ममा अर्जुन गुरुङ, विनिता भण्डारी, लक्ष्मणविक्रम बस्नेत, मुकुन्द मैनाली, आयुस दाहाल, दिलिप थापा, मिना जिसी, ज्योत्सना मगर, भुवन हुमागाईं, मनोज केसी, मनिषा रिजाल, नवराज तिवारी, भूमिका दाहाल, सानुप्रसाद घिमिरेलगायतका कलाकारले अभिनय गरेका छन्।

ब्राण्ड यु पिक्सचर्स प्रालिका लागि उत्तम केसीद्वारा प्रस्तुत फिल्ममा प्रमोद ढुंगानाको शब्द रचना, शुभबहादुर सुनामको संगीत, पुष्कर सुनुवारको स्वर र एरेन्जमेन्ट, साजन घलेको छायांकन र सम्पादन फिल्म चुइँचुइँ पारेर अनलाइन टिभीमा आएको हो। फिल्ममा बिहेमा खुवाइने भोज जन्तीबाख्रो र बिहेको परम्परा पासा खेल्ने, माहुर खुवाउने, शिलक भन्ने, खैजडी भजनको परम्परालाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ।