सुरु भयो ग्वार्को ‘ओभरपास’,  प्रधानमन्त्रीको उपस्थितिमा ट्राफिक प्रहरीका एसएसपीले काटे रिबन   


काठमाडौँ। 

 ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा  काठमाडौँ ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले शुक्रवार रिबन काटेर  उद्घाटन गरेका हुन् ।  ‘ओभरपास’ उद्घाटनभएसंगै अब संचालन हुने छ। 

चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्को चोकमा ओभरपास निर्माण गरेको हो ।