काठमाडौं ।
आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले र चाँदीको मूल्य प्रतीतोला ५० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार प्रतितोला १ लाख ९५ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला २१५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।











प्रतिक्रिया