नेपाल र भारतका कलाकारबीच द्विपक्षीय रोयल्टी सम्झौता भएको छ।
हालै जापानमा आयोजित एक कार्यक्रममा प्रस्तोता समाज नेपाल र इन्डियन सिंगर्स एण्ड म्युजिसियन राइट एसोसियसनबीच द्विपक्षीय रोयल्टी सम्झौता सम्पन्न भएको हो। उक्त सम्झौतामा प्रस्तोता समाज नेपाका उपाध्यक्ष तथा गायक निर्णय श्रेष्ठ एनएसके र इन्डियन सिंगर्स एण्ड म्युजिसियन राइट एसोसियसनका संस्थापक, निर्देशक तथा सीईओ सञ्जय टण्डनले टोकियोमा सो सम्झैतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार अब नेपाल र भारतले एकअर्काका कलाकारको गीत–संगीत रेस्टुरेन्ट, टिभी, रेडियो, यातायातका साधन, पिकनिक स्थललगायत सार्वजनिक स्थानमा प्रयोग भएमा त्यसको रोयल्टी सम्बन्धित देशमा पठाउनु पर्नेछ। यो कदमले कलाकारहरूको अधिकारको संरक्षण गर्दै उनीहरूको आर्थिक हित सुनिश्चित गर्ने विश्वास गरिएको छ।
नेपालले यसअघि पनि जापान, मलेसिया, थाइल्यान्ड र फिलिपिन्सका कलेक्टिभ म्यानेजमेन्ट अर्गनाइजेसनबीच द्विपक्षीय सम्झौता गरिसकेको छ। सिएमओ कलाकार, संगीत सर्जक, निर्माता र लेखकका सिर्जनाको अधिकार व्यवस्थापन गर्ने संस्था हो। यी संस्थाले गीत–संगीतको प्रयोगका लागि लाइसेन्स जारी गर्छन्। त्यसबापत रोयल्टी संकलन गर्छन् र ती रकम सम्बन्धित कलाकार, सर्जक र अधिकारवालालाई वितरण गर्छन्।











प्रतिक्रिया