एक बालिका र एक पुरुष मृत अवस्थामा फेला 

6.67k
Shares

उदयपुर । 

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ४ मा बुधवार बिहान दुई शव फेला परेको छ ।

चौदण्डप्गढी ४ अमल चौरी भन्ने ठाउँमा एक पुरुष र एक बालिकाको शव २ सय मिटरको फरकमा फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक केदारमान दोङका अनुसार मंगलबार राती घटना भएको तर प्रहरीले बुधवार बिहान ६ बजे मात्र जानकारी पाएकोले घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालयको र इलाका प्रहरी कार्यालयको टोली गएको छ । 

सो घटनामा चौदण्डीगढी नपा ४ का २८ वर्षका रविन राईको रुखमा झेण्डिएको अवस्थामा फेला परेको छ ।  १४ वर्षकी बालिका मञ्जु राईको शव २ सय मिटरको फरकमा सडक छेउमा लडेको अवस्थामा फेला परेको र घटनाका बारेमा थप अनुसन्धान भैरहेको सूचना अधिकारी दोङले बताए । 

बालिका र पुरुषको शव एकै ठाउँमा फेला पर्नु अनि पुरुषको शव रुखमा झुन्डिएको अवस्थामा फेला पर्नुले घटना रहस्यमय भएकोले  यसमा गहिरिएर अध्ययन अनुसन्धान गर्नु पर्ने अवस्था रहेको छ । मृतक दुबै जना एकै ठाउँका रहेको हुँदा र मृतक दुवैको सम्बन्धका बारेमा पनि बुझ्नु पर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनास्थलको अध्ययन र मुचुल्का पश्चात् शवलाई  पोस्टमार्टमका लागि चौदण्डीगण्ी नगर अस्पताल बेल्टारमा राखिएको र उक्त घटना हुनुको कारणका बारेमा अनुसन्धान कै क्रममा रहेको सूचना अधिकारी दोङले बताए ।