आज सुनको कारोबार कतिमा हुँदैछ ? अनुमान लाउनुहोस्


काठमाडौं ।

आज बुधबार सुनको मूल्य बढेको छ। आज आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबार प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ९ सय रुपैयाँले बढेर १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदीको मूल्य आज ६५ रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । चाँदी आज प्रतितोला २२ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।