काठमाडौँ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बुधबार बिहान साढे ८ बजेका लागि आकस्मिक बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित गरिने बताइएको छ ।
कांग्रेसले असार १५ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।











प्रतिक्रिया