काठमाडौँ।
प्रमुख सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई संसद् बैठकबाट निष्काशन गर्न माग गरेको छ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नियमापत्ति जनाउने क्रममा बोल्दै अमर्यादित पोसाक लगाएर आएको र अमर्यादित गतिविधि गरेको भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकबाट निष्कासन गर्नुपर्ने माग गरेका हुन् ।
‘सभामुख महोदय, संसद् सचिवालयको नियमावली ३० मा अभद्र व्यवहार नियन्त्रको व्यवस्था छ । नियम ३१ मा बैठक कक्षबाट निष्कासन गर्ने व्यवस्था छ’ उनले भने, ‘नीलो स्कार्फ लगाएर संसद्मा आउनु मर्यादित हुन्छ कि हुँदैन ? भोलि हाफ पाइन्ट मात्रै लगाएर आउने, जथाभावी पोशाकमा आउने गरे, त्यो संसद्को मर्यादामा पर्छ कि पर्दैन ?’
उनले रास्वपाका सांसदहरूलाई चेतावनी दिएर सभामुख घिमिरेले निष्काशन गर्नुपर्ने बताए । ‘सभामुखले चेतावनी दिएर उनीहरूलाई संसद्बाट निष्कासन गर्न सक्नुपर्छ’, उनले भने, ‘यो संसद्को मर्यादाबाहिरको विषय हो । यसमा उचित निर्णय लिनुपर्छ ।’











प्रतिक्रिया