कतिमा हुँदैछ सुनको कारोबार ? मुल्य घट्यो


काठमाडौं ।

आज मंगलबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २५ सयले रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदी मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला २१ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।