प्रेमभावमा किन पीर


गायक युवराज छन्त्यालले किन पीर मान्छौ बोलको गीत भिडियोसहित रिलिज गरेका छन्।उनलाई गीत गायनमा गायिका देवी घर्तीले सघाएकी छन्। युवराजकै शब्द र संगीत रहेको गीतमा मायालुलाई पीर नगरी बस्न आग्रह गरिएको छ। माया र प्रेमभाव झल्काउने लोकलयको गीतमा एरेन्जमेन्ट, मास्टरिङ र मिक्सिङको कुमार थापाको रहेको छ।

गीतको भिडियो शिवम् पोखरेलले निर्देशन गरेका छन्। भिडियोमा नवीन सिरिस, सगुन शाही, रेनुका आले, वसन्तराज गौतमलगायतले अभिनय गरेका छन् भने छायांकन सुरज खनाल र राजु घले तथा सम्पादन सरोज शाहीको रहेको छ। गीतको भिडियो छन्त्यालकै युटुब च्यानलमा अपलोड गरिएको छ।