आगामी भदौ ६ गते रिलिजमा आउने फिल्म जनै हराएको मान्छे : सम्बन्धका धागाहरूको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ।
भोलाराज सापकोटा र आरुस भुसालको लुक्स सार्वजनिक गरिएको हो। भोलाराजको स्वरुपले उनी संस्कृत भाषा पढिरहेको संकेत गरेको छ भने भोलाराजको छोराको भूमिकामा आरुस छन्।
‘यो संसारमा सबैभन्दा महंगो कुरो बाबाको पसिना रहेछ’ उनले भनेका छन्। यसले बाबुले छोराका लागि गरेको संघर्ष बुझाउँछ ।
हिमाल न्यौपानेले निर्देशन गरेको फिल्ममा विजय बराल मुख्य कलाकार रहेका छन्। विजय, भोलाराज र आरुससँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतका कलाकारले अभिनय गरेको फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत, भानुभक्त ढकालको कथा, पटकथा र संवाद, नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ।
फिल्मका असोसियट निर्देशक मनिष राउतका अनुसार फिल्मले बाबु र छोराको सम्बन्धका सूक्ष्म र भावनात्मक धागालाई केलाउने प्रयास गरेको छ। पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेद्वारा निर्मित फिल्ममा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन कार्यकारी निर्माता रहेका छन्।











प्रतिक्रिया