अनन्याको फेरिएको रूप


बलिउड अभिनेत्री अनन्या पाण्डे यतिबेला आफ्नो नयाँ फिल्म तू मेरी मैे तेरा, मै तेरा तू मेरीको सुटिङमा छिन्। यस फिल्ममा उनीसँग बलिउड अभिनेता कार्तिक आर्यन पनि देखिनेछन्।तर अनन्या हाल फिल्मभन्दा पनि आफनो ओठको आकारका कारण चर्चामा छिन्। हालै अनन्याले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो केही सुन्दर तस्बिर सेयर गरेकी थिइन्। तस्बिरहरूमा उनले रातो ओठको इमोजी क्याप्सनमा राखेकी थिइन्।

सो तस्बिर उनका फ्यानहरूले निकै मन पराएका छन्। तर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको ओठको स्वरुपलाई लिएर प्रश्न उठाएका छन्।उनीहरूले अनन्याले ओठको प्लास्टिक सर्जरी गराएको हो भन्ने प्रश्न गरिरहेका छन्। हुन पनि सो तस्बिरमा अनन्याको ओठ पहिलेको भन्दा निकै फरक देखिएको छ।

अनन्याले आफूले ओठको सर्जरी गराएको बारे त केही खुलाएकी छैनन्। तर उनले तस्बिरका साथ सेयर गरेको इमोजीबाट भने सोही संकेत गरेको हो कि भन्ने बुझ्न सकिन्छ। ‘पुरानो ओठ नयाँसर्जरीभन्दा राम्रो थियो’ अनन्याका तस्बिरहरूमा एक जनाले लेखेका छन्। त्यस्तै अर्को एकजना लेख्छन्। ‘तपाईंले आफ्नो निर्दोष अनुहारलाई बर्बाद गर्नुभयो। केहिले त अनन्यालाई काइली जेनर जस्तो देखिन लागेको समेत आरोप लगाएका छन्।

हुन त आफ्नो शरीरलाई के गर्ने के नगर्ने अनन्याको आफनो खुशीको कुरा हो। तर उनी एक सेलिब्रेटी भएका कारण पनि उनले आफ्ना फ्यानहरूबाट नकारात्मक र सकारात्मक दुवै प्रतिक्रिया पाइरहेकी छन्। अनन्या चाँडै नै चाँद मेरा दिल र कल मी बी सीजन २ मा पनि देखिनेछिन्। यसै वर्ष उनी केसरी च्याप्टर २ मा देखिएकी थिइन्। जसमा दर्शकले उनको भूमिका निकै रुचाएका थिए।