काठमाडौँ।
सुमधुर स्वरकी धनी गायिका अञ्जु पन्तको स्वरमा ‘जिन्दगीको रेल····’ बोलको नयाँ गीत आजदेखि सार्वजनिक भएको छ ।
गीतकार दिनेशराज पुरीको शब्द अर्जुन पोखरेलको संगीतमा रहेको गीतमा पछिल्लो समयको चर्चित कलाकार सुमन बिटिले अञ्जु पन्तलाई स्वरमा साथ दिएका छन्।
गीतको म्युजिक भिडियोमा नायक पुष्प खड्का र रोजिना श्रेष्ठले अभिनय गरेका छन् । मोडल रोजिना श्रेष्ठको जन्मदिनको अवसर पारेर गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।सरकारी कर्मचारी रहेकी श्रेष्ठले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो । मोडल रोजिनाले जन्मदिनको अवसरमा दर्शक श्रोतालाई उपहार स्वरुप आफ्नो म्युजिक भिडियो दर्शक र श्रोताका माझमा ल्याएको बताइन ।
‘अरु मन्दिर धाउँथे म त तिमीतिर धाँए, जिन्गदीमा जसलाई चाँहे, त्यही मान्छे पाएँ,
जता जान्छ संगै अब जिन्दगीको रेल, पराण छुट्ला अब छुट्दैन पिरती अब बाचुञ्जेल ’बाट शुरु भएको गीत र म्युजिक भिडियोमा प्रेम जोडीको प्रेमिल पल र जीवनभर साथ दिने प्रणलाई देखाउन खोजिएको छ ।











प्रतिक्रिया