पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन


काठमाडौँ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन भएको छ। काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा सोमबार बिहान ९० वर्षकोउमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री बनेका थिए । शास्त्री अर्धाखाँचीबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

समाजवादी चिन्तकको रुपमा परिचित शास्त्री नेपाली कांग्रेसको केन्द्रीय सदस्य, अर्घाखाँची कांग्रेसको जिल्ला सभापति समेत भएका थिए ।

शास्त्रीका दुई छोराहरु विदेशमा रहेकाले आउने क्रममा छन् । मङ्गलबार उनीहरु आएपछि मात्रै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।