आज सुन कतिमा कारोबार हुदैँछ ?अनुमान लाउनुहोस्


काठमाडौं ।

नेपाली बजारमा आइतबार आज सुनको मूल्य बढेको छ । लगातार उकालो लागेको सुनको मूल्य आज पनि बढेको हो ।

शुक्रबार तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार ४ सय रुपैयाँले बढेर तोलामा १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूलयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।