हलिउड फिल्म : तेन्जिङको नेपाल सेड्युल सकियो,अभिनेत्री थिन्ले पनि देखिने


एप्पल ओरिजिनल फिल्म्सले निर्माण गरिरहेको हलिउड फिल्म तेन्जिङको पहिलो नेपाल सेड्युल सकिएको छ।
फिल्ममा नेपाली अभिनेत्री थिन्ले ल्हामो पनि देखिने भएकी छिन्। पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पामाथि निर्माणाधीन फिल्ममा तिब्बती मुलका चिनियाँ अभिनेता गेन्देन फुन्त्सोक नोर्गेको मुख्य भुमिकामा छन्। नेपाली अभिनेत्री थिन्ले नोर्गेको श्रीमतीको रूपमा गेन्देनको अपोजिट भुमिकामा छिन्। उनले शाम्बाला अगाडि नाका र हरिमा अभिनय गरेकी थिइन्। काठमाडौं, ललितपुर, बन्दीपुर, मुस्ताङ र खुम्जुङलगायतका क्षेत्रमा छायँंकन गरिएको फिल्म निर्देशक जेनिफर पिडमको निर्देशनमा बनिरहेको छ। फिल्ममा गोल्डेन ग्लोब विजेता टम हिडल्स्टनले न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारीको भुमिका निर्वाह गरेका छन्।

त्यस्तै, बहु–एकेडेमी अवार्ड मनोनीत विलेम डेफो अभियान नेता कर्नल जोन हन्टको भुमिकामा छन्। फिल्ममा गोल्डेन ग्लोब, बाप्mटा अवार्ड मनोनीत केट्रिओना बाल्फे पनि छिन्।सन् १९५३ मा शेर्पा तेन्जिङ नोर्गे र न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारीले संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको शिखरमा पहिलोपटक सफल आरोहण गरेका थिए। यो फिल्म त्यही ऐतिहासिक घटनामा आधारित छ। ६ पटकको प्रयासपछि तेन्जिङले अन्तिमपटक सबै जोखिम उठाएर यो अभियानमा भाग लिएका थिए। उनले कठिन राजनीति र जोखिमपुर्ण मौसमका बिच आप्mनो जीवनकै सबैभन्दा महत्वपुर्ण आरोहण गरेका थिए।
तेन्जिङ बनेका अभिनेता फुन्त्सोकसँग नेपालमा छायांकनको संयोजन गरेको तीन कम्पनीमध्ये फिल्म डेस्टिनेसन नेपालका प्रमुख राजेन्द्र घिमिरे हुन्।

एकेडेमी अवार्ड विजेता सि–स फिल्म्सले यो फिल्म निर्माण गरिरहेको छ। निर्देशक जेनिफर पिडमले यसअघि प्रशंसित र बाप्mटा मनोनीत वृत्तचित्र शेर्पा बनाएकी छिन्। एकेडेमी अवार्ड मनोनीत लुक डेभिसले फिल्मको पटकथा लेखेका छन्। तेन्जिङ नोर्गेका छोरा नोर्ब‘ तेन्जिङ फिल्मको कार्यकारी निर्माता हुन्।एप्पलको यो फिल्म निर्माणमा अस्ट्रेलियन कम्पनी सि–स समेत संलग्न छ। सि–सले भारत र नेपालको छायांकनको जिम्मा भारतीय कम्पनी आइटपलाई दिएको थियो। आइटपसँग नेपाली तीन कम्पनी होल्डीलेस आउटडोर, फिल्म डेस्टिनेसन नेपाल र फिल्म क्रुले संयोजन गरेको छ।

भारतको तर्फबाट लाइन प्रोड्युसर राकेश र प्रवेश सहनी छन् भने नेपालको तर्फबाट बलिउड लाइन प्रोड्युसर राजेन्द्र घिमिरे र भुवन भारती प्रडक्सनमा छन्। त्यसैगरि नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपालतर्फको कन्सल्टेन्ट रूपमा रहेर नेपाल छायांकनको व्यवस्थापनमा सहयोग गरेका थिए।