७ मतले एमाले निकट अखिलको नेतृत्वमा सुजन कडरिया बिजयी


काठमाडौं ।

नेकपा एमाले निकट बिधार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको छ ।

हिजो राती सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । उनी जम्मा ७ मत बढी ल्याएर बिजयी भएका हुन् ।

जसअनुसार सुजनले ७३२ मत सहित उनी विजयी हुँदा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७२५ मतमा सिमित भए ।

सो सम्मेलनका लागि १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो। अध्यक्षमा कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो ।

अनेरास्ववियु २४ औँ राष्ट्रिय महाधिवेशनमा

अध्यक्ष डा: सुजन कडरिया

उपाध्यक्ष : अञ्जना सिवाकोटी, विकास श्रेष्ठ

महासचिव : दिपक धामि

उपमहासचिव : कमल जोशी

सचिव: आकाश घर्ती

सचिव: रचना सापकोटा

सचिव :समिम बाबु

सचिव :गोपाल नेपाल

आयोग अध्यक्ष : प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला