रेडियो नेपालका प्रथम गायक, नाट्यकर्मी, अभिनेता तथा निर्देशक स्व. हरिप्रसाद रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले राष्ट्रिय छोटो फिल्म महोत्सव गर्ने भएको छ ।रिमालको १०२औँ जन्मजयन्तीमा आयोजना गरिने सो राष्ट्रव्यापी प्रतियोगितामा भाग लिने प्रतियोगीले १५ मिनेटसम्मको शर्ट फिल्म तयार पानुैपर्ने प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपाली परिवेशको कुनै पनि विषयमा बनाइएको शर्ट फिल्म कलाकार र प्राविधिकको नामसहित भदौ १५ गतेसम्म प्रतिष्ठानमा बुझाउनुपर्ने प्रतिष्ठानले जनाएको छ । सहभागी फिल्मलाई निर्णायक मण्डलको निर्णयअनुसार प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिने अभिनेता, रंगकर्मी, निर्देशक तथा महोत्सवका संरक्षक सम्राट सापकोटाले जानकारी गराए।
सापकोटामा अनुसार महोत्सवअन्तर्गत छोटा फिल्मका लागि उत्कृष्ट लेखन, निर्देशन, अभिनेता, अभिनेत्री, छाया“कार र निर्देशक विधामा समेत नगद, ट्रफी र सम्मानपत्रसहित पुरस्कृत गरिनेछ। प्रतियोगिताको नतिजा आगामी असोज २ गते राष्ट्रिय नाचघरमा विशेष कार्यक्रमको आयोजना गर्दै घोषणा गरिने रिमालकी सञ्चारकर्मी पत्नी तथा प्रतिष्ठानकी संस्थापक संरक्षक कल्याणी रिमालले जानकारी गराइन्। प्रतिष्ठानका अध्यक्ष प्राडा. वासुदेव त्रिपाठी रहेका छन्।











प्रतिक्रिया