नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान 


काठमाडौँ।  

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान गरिएको छ। बैठक  यही जेठ १२ गते सोमबार  दिउँसो  २ बजे सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको हलमा बस्ने गरी बोलाइएको समूहका संयोजक सांसद बिराजभक्त श्रेष्ठले जानकारी दिए। 

 नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा दुई देशका सांसदहरूबीच आपसी समन्वय र सहयोग विस्तार गर्ने उद्देश्यले बैठक आयोजना गरिएको उनले बताए। 

यस समूहमा विमलेन्द्र निधि, सुशीला थिङ, भगवती न्यौपाने, सुहाङ नेम्बाङ, माधव सापकोटा, पशुपतिशमशेर जबरा र डा चन्द्रकान्त राउत सदस्य छन्  ।

नेपालको संसद्ले विभिन्न देशका संसदसँग सम्बन्ध विस्तारका लागि संसदीय मैत्री समूह बनाएको छ ।