काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा रहेको दयाराम श्रेष्ठको ४ तले घरमा आगलागी भएकाे छ ।
बुधकार विहान आगलागी हुँदा एक महिलाको मृत्यु छ । आगलागीमा परी मृत्यु भएकी महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।
आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।











प्रतिक्रिया