राष्ट्रिय कराते टोलीलाई, खेल पोशाक वितरण


काठमाण्डौ
२१औं एसियाली senior कराते प्रतियोगिता (AKF) टाशकन्ट, उज्वेकिस्तानमा हुनगईरहेको ए.के.एफ.प्रतियोगितामा सहभागी हुने र राष्ट्रिय टिममा रहेर वन्द प्रशिक्षणमा रहेका सम्पुर्ण कराते खेलाडी तथा प्रशिक्षक,अफिशियलहरुलाई खेल पोशाक ट्रयाक सुट र टोपी विरतरण गरेको छ ।

नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र कोषाध्यक्ष एवं टिम मनेजर किशोर भट्टराईले आज एक कार्यक्रम विच सम्पुर्ण खेलाडीहरुलाई उक्त सामग्री वितरण गर्नुभयो । खेल पोशाक ट्रयाक सुट र टोपी महासंघका कोषाध्यक्ष भट्टराईले उपलव्ध गराएका हुन ।
पुर्व सफल सदस्य सचिव समेत रहनु भएका लामा,कराते महासंघको नेतृत्वमा आएको २ वर्ष यता कराते खेलले राष्ट्रका निम्ति ऐतिहाशिक पदकहरु हाशिल गरिसकेको छ भने,कराते खेलको उचाई अन्तरास्ट्रिय सफलता निक्कै नै वढेको समग्र करातेकर्मी र खेलकर्मीहरु वताउछन ।
ए.के.एफ.प्रतियोगितामा छनोट भएका खेलाडीहरू

पुरुष (कुमुते)
• साजन मोक्तान — ५५ के.जी.
• मिन बहादुर तामाङ —६० के.जी.
• सन्तोष श्रेष्ठ — ६७ के.जी.
• मोहम्मद सेखु आलम — ८४ के.जी.
• तेन्जिङ शेर्पा — +८४ के.जी.
• सोनिम मानन्धर — (काता)

महिला (कुमुते)
• अञ्जली महर्जन — ५० के.जी.
• सबिना श्रेष्ठ — ५५ के.जी.
• निरुपा दोङ तामाङ — ६१ के.जी.
• एरिका गुरुङ — +६८ के.जी.
• सानु माया थिङ — (काता)

कोच
• कुशल श्रेष्ठ
• मन्डे काजी श्रेष्ठ

टोली प्रबन्धक
• किशोर भट्टराई