काठमाडौं ।
बाराको फेटा गाउँपालिकाको विद्युत् पोल गाड्ने तथा तार तान्ने ठेक्का प्रक्रियामा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंहसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले मंगलवार मुद्दा दायर गर्ने क्रममा लेखा अधिकृत मुकेशप्रसाद साह र नेपाल मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक नवराज निरौला प्रतिवादी बनाइएको छ । उनीहरूले सार्वजनिक खरिद ऐनविपरीत सूचना गोप्य राखी झुट्टा विवरणसहितको बिलमार्फत १ लाख ४२ हजार १ सय ६० रुपियाँ रकम भुक्तानी गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मिडिया हाउस र उसका निर्देशकलाई पनि मुख्य कसुरदारसरह कारबाही हुनुपर्ने मागसहित आरोपपत्र पेस गरिएको हो ।











प्रतिक्रिया