आइतबार सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यमा ६ रूपैयाँले वृद्धि भएको छ । 

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। 

गत शुक्रबार १ लाख ८३ हजार ५०० रुपैयाँ कारोबार हुदाँ आज ६०० रुपैयाँले वृद्धि भएर १ लाख ८४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको हो ।

तर, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कारोबार भएको चाँदी आज तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ।