सयुक्त जनआन्दोलन २०६२÷०६३ को काठमाडांैका आन्दोलन परिचालन समितिका अध्यक्ष तीर्थराम डङ्गोलको जन्म वि.सं. २००४ माघ २९ गते काठमाडौंको निम्न–मध्यम वर्गका आदिवासी नेवार ज्यापू समुदायमा भएको हो ।
उनका बाबु आर्थिक सम्पन्न नभए पनि विचार, बौद्धिकतामा सम्पन्न थिए । सामाजिक संस्कार बुझेका उनका बाले तत्कालीन जनताका आधारभूत आवश्यकताका सामान राखी किराना पसल सञ्चालन गरेका थिए । तर पनि समस्या समाधानका लागि परिवार नै जुट्नुपर्ने अवस्था थियो ।
त्यसैले बाबुको नामबाट तीर्थरामजीले पनि सामाजिक परिवेशमा रही समाज बुझ्ने अवसर पाए । आफ्नो समुदायलाई कामकाजी मोहीको रुपमा उच्च समुदायले जुगौंदेखि प्रयोग गर्दै आएको उनले बुझेका थिए । त्यो शोषणबाट समुदायलाई मुक्ति दिनको लागि उनी विद्रोही राजनीतिमा लागेर पछि लोकप्रिय व्यक्तित्व बन्न पुगे ।
उनी उच्च मनोबल भएका, कर्म, धर्म र अध्यात्ममा विश्वास गरी अहोरात्र वर्ग उत्थानको चिन्तन गर्ने व्यक्ति बन्न पुगे । समाजको उत्पीडनबाट शुरु भएको उनको जीवनयात्रा विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेससँग जोडिन पुग्यो । घरको काम नगरी आफ्नो जीवन नचल्ने हुँदा उनले गाई पालन व्यवसाय धान्नुपर्ने थियो ।
बिहानदेखि नै टेकु फाँटमा गाई चराउने र सम्बन्धित व्यक्तिकहाँ दूध पु¥याउने कार्य गरे । घरको कामसँगै उनी शान्ति निकुञ्ज हाइस्कुलबाट यस.एल.सी. पास गरेर त्रिचन्द्र कलेजबाट स्नातक पास गर्न सफल भए । स्नातक पास गर्नुअगाडि नै राजनीतिमा होमिइसकेका उनी नेपाल विद्यार्थी संघको संगठनकर्ता भइसकेका थिए । राजा महेन्द्रले कू गरेपछि भूमिगतरुपमा रही कांग्रेसको पुनस्र्थापन गर्नमा उनको ठूलो योगदान छ ।
२०१७ सालको कूपछि बीपी कोइरालासहित नेताहरु २०३३ सालमा स्वदेश फर्किए । त्यसपछि गठन भएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिमा उनलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको थियो । यो कार्यसमितिका सभापति वीरनाथ कर्माचार्य थिए । कृष्णप्रसाद भट्टराईले सो समिति गठन गरी कोषाध्यक्षको जिम्मा दिएर कार्य अगाडि बढाउन ६ रुपियाँ दिएको उनी सम्झाउने गर्थे । पछिका दिनहरुमा गणेशमानजीको सामिप्यमा बसेर उनले सांगठनिक काम गरी नै रहे । विद्यार्थी, मजदुर, किसान जुनसुकैलाई पनि संगठनमा समेटेर उनले काम गरे । जनमत सङ्ग्रहमा उनको खटाइले राष्ट्रिय रुपमा चिनारी पुगिसकेको अवस्थामा नेपाली कांग्रेसले अख्तियार गरेको आ
उटपोस्ट कब्जा गर्ने रणनीतिक चुनावमा उनलाई उपप्रधानपञ्चको टिकट दिइयो । सो निर्वाचनमा विजयी भएर उनी काठमाडौं नगरपालिकाको उपप्रधानपञ्च भए । तत्कालीन पञ्चायत सरकारले उनलाई पञ्चायत पक्षमा लाग्न निकै प्रयत्न ग¥यो । प्रलोभन, डर, धम्की सबै पचाएर उनले पञ्चायती संविधान बहिष्कार गरे । पञ्चायती सरकारले उपप्रधानपञ्चबाट बरखास्त गरी प्रहरी हिरासतमा लियो । संविधान बहिष्कारले तीर्थरामको सङ्लो चरित्र, इमानदारिता, लोकतन्त्रप्रतिको अगाध आस्था भएका नेता हुन् भन्ने प्रमाणित ग¥यो ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सर्वोच्च नेता गणेशमान सिंहको अति सामीप्य र घनिष्ट सम्बन्ध भएका उनले कमाउने चाहना गरेको भए प्रशस्त अवसर थियो । उनीमा जनताको उन्मुक्तिबाहेक अर्को व्यक्तिगत प्रलोभन कहिल्यै देखिएन । उनले कहिल्यै नेताहरुसमक्ष आफ्ना लागि हात थापेनन् । सरकारी पैसाबाट स्वास्थ्य उपचार गरेर बाँच्नुभन्दा सहज मृत्युवरण गर्छु भनेर नेताहरुलाई जवाफ दिए । आफ्नै बुताबाट क्यान्सरजस्तो रोगसँग मुकाबिला गरिरहे । उपचारका लागि निवेदन गर्न आग्रह गर्दा उनी रिसाए । राज्यमन्त्री हुँदा उनीबाट केही कमाइ हुन्छ कि भनेर प्रयत्न गर्ने व्यक्तिहरुले काम गर्न नसक्ने मन्त्री भनेर गलत प्रचार गरेका थिए । प्रलोभनमुक्त भएर निष्कलंक रहनु तीर्थराम डङ्गोलको चरित्र नै बनेको थियो ।
तीर्थराम डंगोलसँग मेरो सम्पर्क र सहकार्य लगभग ३४÷३५ वर्ष भयो । यो अवधिमा प्रत्यक्ष १५ वर्ष पार्टी समितिहरुमा रहेर काम गरे । त्यो समयमा उनी नेताहरुको सामीप्य रहेका कारण करोडौंदेखि अर्बांैसम्मका व्यापारी, उद्योगी, दलाल, एजेन्ट, राजनीतिज्ञहरु थरीथरीका प्रस्ताव लिएर तीर्थरामकहाँ आएका थिए । तर उनले देश र जनतालाई घाटा हुने काम स्वीकारेनन् । यस्ता मान्छे यस्ता विषय लिएर आएको कुरा उहाँ हामीलाई रमाइलो पाराले सुनाउनुहुन्थ्यो । प्रलोभनले उनलाई जित्न सकेन । सादा जीवन उच्च विचारका पर्याय तीर्थराम डङ्गोल हुन् ।
कहिलेकाहीँ राम्रा होटलमा रमाइलो गर्दा पनि असहज महसुस गरी सामान्य खानपिन र आफ्नै खालको सामाजिक जीवनशैलीमा रमाउने उनको बानी थियो । बेलाबेलामा आफ्नो घरमा साथीभाइ बोलाएर रमाइलो गरी खानपिन गराउने बानी थियो उनको । तीर्थरामजी सामान्य व्यक्तिदेखि उच्च व्यक्तिसम्म सहज घुलमिल हुन सक्ने व्यक्तित्व हुन् । उनको कुनै आदरार्थी शब्द थिएन, कसैले चाकडीको शब्द प्रयोग गरेमा नराम्रो मान्थे । ज्यापू समुदायको शोषणका भुक्तभोगी पीडालाई आफँैले व्यहोरेर पीडाबोध गरेका कारण उनी प्रजातन्त्र पाप्त भएमा आफूले भोगेका सामाजिक असमानताबाट सबैले मुक्त हुन सक्नेछन् भन्ने मान्यता बोकेर सैद्धान्तिक राजनीति गर्ने मानिस थिए ।
तीर्थरामजी ज्यापू समुदायका पुस्तक हुन् । उनीमा त्यो समुदायको सभ्यता, संस्कृतिमा गहिरो चिन्तन थियो । मैले कहिलेकाहीँ त्यो समुदायको चलन त्यसको औचित्यलाई पुस्तकमा लेख्न अनुरोध गर्दा फुर्सद निकाल्न नसकेको स्पष्टीकरण दिन्थे । मैले धेरै पटक अनुरोध गरेपछि उनले आफ्नो राजनीतिक संघर्षका आत्मवृत्तान्त त लेखे तर ज्यापू समुदायसम्बन्धी उनको ज्ञान उनीसँगै गयो ।। उनलाई संसारका नाम चलेका नेता, विद्वान, आविष्कारकका नाम, तिथिमिति, प्रमुख घटना याद भइरहन्थ्यो । भाषण, छलफल, वादविवादमा उदाहरणका रुपमा मिलाएर प्रस्तुत गर्ने क्षमता तीर्थरामजीमा थियो ।
नेपालभाषाका उखान टुक्का चाहिने बेलामा फुत्त निकालेर हँसाउने र सुनिरहुँजस्तो भाषणकला उनीसँग थियो । गीताको दर्शन होस् या भागवत कथा, कुरानका कुरा हुन्, अथवा बाइबलको सार आवश्यक पर्दा सहज नै पस्किन सक्ने तीर्थराममा खुबी थियो । पहिलो पार्टीको काम, दोस्रो समुदाय एवं गुठीको काम, त्यसपछि बुद्धिस्टहरुको कार्यक्रमलाई प्राथमिकता दिने र अन्त्यमा जनता र सामाजिक काममा लागिरहने सेवाभावका हुन् उनी । साथीभाइको दुःखद निधन र खुशीका समयमा उपस्थिति अनिवार्य हुनुपर्ने बताउँथे । कसैले गलत गरेको, कानुन मिचेको अवस्थामा हारगुहार गर्न पुग्नेलाई नबोलीकनै सुनेर पठाइदिने अनि मध्यस्थ गर्ने साथीलाई यस्तो काममा आफू नफस्ने भन्थे । कसैले हेलाभावले प्रस्तुत बुझेमा नमीठो अनुहारले प्रतिक्रिया दिन्थे । प्रतिवाद गर्दैनथे, कसैसँग झुक्दैनथे । गलत काम गरेर राजनीति जोगिन्छ भन्नेमा उनले कहिल्यै विश्वाश गरेनन् । तीर्थराम दाइका आफ्ना सन्तान छैनन् तर उनीमा यो अभाव खड्केको बुझिँदैन । अन्त्यमा ४–५ वर्षदेखि उनी आफ्नो कान्छो भाइका परिवारका साथ रहेका थिए ।
नेपालका नेता कमाउ धन्दाबाट बदनाम र भ्रष्ट हुन् भन्ने स्थापित भएको अवस्थामा तीर्थराम डङ्गोलले भने ‘तेज–तीर्थ ट्रस्ट’ स्थापना गरेका छन् । त्यो ट्रस्टमार्फत उनले लोकतन्त्रका पक्षमा कलम चलाउने पत्रकार, मानव अधिकारमा उल्लेख्य काम गर्ने मानव अधिकारवादी, नेपाल भाषा साहित्य पुरस्कार, संस्कृति बचाउ काम गर्नेलाई पुरस्कृत गर्ने गरेका थिए । नेताको कमी–कमजोरी, मन नपरेका विषयलाई अगाडि मञ्चबाट नै सार्वजनिक गरिदिने, गलत कुरा सहन गर्न नसक्ने, कसैका स्वार्थपूर्तिका काम नगर्ने, जनताकै बीचबाट आएका सच्चा जनताका नेता हुन् तीर्थराम डङ्गोल ।
तीर्थराम दाइ भन्थे, ‘२०६४ सालको परिवर्तनपछि नेपाली कांग्रेस कांग्रेस रहेन । कांग्रेसको स्थापना हुनेखानेका लागि थिएन, हुँदा खानेका लागि हो । हुँदा खानेलाई हुनेखाने बनाउने पार्टी हो यो तर राजनीति नै हुेनेखानेको हातमा पुग्यो ।’ काठमाडौंको राजनीति पनि हुनेखानेको हातमा पुगेकोले यहाँका जनताले न्याय नपाउने उहाँ बताउनुहुन्यो । टिकट हानथाप र राजनीतिक खिचातानीबाट विभाजित कांग्रेसलाई संकटग्रस्त अवस्थामा संगठन गर्न तीर्थराम डंगोलको आवश्यकता प¥यो । उनी कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भए । सात क्षेत्र शून्य भएको राजधानी कांग्रेस सांगठनिक मजबुतीका साथ काठमाडौं क्षैत्र नं. ७ बाट संसद् सदस्यमा विजयी भई राज्यमन्त्रीसम्म भए । तर कांग्रेस राजनीति जनताभन्दा पनि पावरको पछि लागेका कारण केही मानिस उनको विपक्षमा नियोजित उत्रेकाले तीर्थराम दाइ राजनीतिमा अलि पछाडि परे । तर पछि परेको सम्बन्धमा कुरा गर्दा आफूलाई भाग्यमानी नेता बताउँथे । यसको कारणमा काठमाडौंमा साम, दाम, जालीझेलीले ठाउँ लिएका कारण धेरै नेताहरुले दुःखमात्र झेलेका छन् । अहिले पनि कतिपयले दुःख नै गरेर पछि नै परेका छन् । उनी भन्थे, ‘मैले त पार्टीमा रहेर परिवर्तनका लागि काम गर्ने अवसर पाएँ । उपप्रधानपञ्चको निर्वाचनले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त हुने अवसर पाएँ ।’ स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएकोमा उनी गर्व रहेको सुनाउँथे । तर आचरण, सिद्धान्तबाट विचलित, हिम्मत र आँट नभएका मानिस पदमा पुगेर कमाइ खाई काठमाडौंका जनताले दुःख पाएकोमा तीर्थराम दाइको नेताप्रति गुनासो सधैँ रह्यो । गुनासैमा उनी परलोक भए ।
मैले तीर्थराम दाइको सभापतित्वमा रहेर नेपाली कांग्रेसको जिल्ला सदस्य, जिल्ला सचिव भई १५ वर्ष काम गर्दा कहिल्यै नेतासँग काम गरेको अनुभव भएन, एक मित्रसँग सहकार्यको अनुभवमा काम गरेँ । प्राध्यापक संघको अध्यक्षजस्तो उच्च बौद्धिक व्यक्तित्वलाई संगठनको सचिव बनाएर केन्द्रीय नेतासँग सामञ्जस्य गरी उनले राजधानीको संगठन चलाए । उनको सरलपनलाई कहिलेकाहीँ हामीले मिच्यौँ होला तर तीर्थराम दाइ सहोदर दाइकै रुपमा रहनुभयो । अहिले पनि याद आउँछ, तीर्थराम दाइको बगैँचा–बारीमा पटक–पटक रमाएको, युवाहरुको जमघट एवं संगठनको काम गरेको, नेवारी शैलीको खाना खाएको, भारतीय सांसदको सम्मानमा सांस्कृतिक मैत्री भोज गरेको याद आउँछ । तीर्थराम दाइसँगको भारत भ्रमण, भारतीय पत्रकारलाई दिएको अन्तरवार्ता पनि सम्झिन्छु । विचारका धनी, गरिबका नेता, आफ्नो काम आफैँ गर्ने, आफैँले आइरन गरेको कपडा लगाई चिटिक्क परी हिँड्ने गर्थे उनी । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई निशङ्कोच सल्लाह–सुझावले निर्दिष्ट गर्ने २०४६ र २०६२÷६३ को आन्दोलनका अग्रणी योद्धा हुन् तीर्थराम । तीर्थरामजस्ता धेरै मान्छे आज नेपालमा छरिएर रहेका छन् । नेपाली जनताले चिन्न नसक्नु र चिन्न नचाहेर फ्याँकिनु देश र कांग्रेस पार्टीको दुर्भाग्य हो । यस अवस्थामा तीर्थरामको जस्तो आचण र व्यवहारको खोजी हुन सके नेपाली कांग्रेको उद्देश्य पूरा हुन्थ्यो कि ! तीर्थराम दाइप्रति हार्दिक श्रद्धा–सुमन !











प्रतिक्रिया