काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन वर्षअघि तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउने म्याद सकिन करिब साढे दुई महिनामात्रै बाँकी रहँदा पनि अधिकांश पुराना स्टक ब्रोकर कम्पनीहरूले पुँजी पु¥याउन सकेका छैनन् ।
बोर्डले २०७९ साल भदौमा सबै ब्रोकर कम्पनीलाई ३ वर्षभित्र न्यूनतम २० करोड रुपियाँ चुक्ता पुँजी पुर्याउनुपर्ने नीति ल्याउँदै २०८२ असार मसान्तसम्मको समय सीमा दिएको थियो । तर, हालसम्म ५० वटा पुराना ब्रोकरमध्ये करिब तीन दर्जन कम्पनीको चुक्ता पुँजी पुगेको छैन ।
केही कम्पनीले बोनस, हकप्रद वा मर्जरमार्फत पुँजी वृद्धि गर्ने कार्ययोजना बोर्डमा बुझाए पनि तोकिएको अवधिभित्र प्रक्रिया पूरा हुने सम्भावना न्यून रहेको बोर्डका अधिकारी बताउँछन् । पुँजी वृद्धिका लागि तीन वर्षको समय दिए पनि उक्त समयसीमाभित्र चुपचाप बस्ने कम्पनीले कहिले पुँजी बढाउँछन् भन्ने टुंगो नभएको हुँदा म्याद थप्ने तयारी नभएकाले पुँजी वृद्धिका निम्ति अब मर्जर वा प्राप्तिको विकल्प छैन ।
पुँजी नपुगेका कम्पनीहरू प्राइभेट भएको हुँदा उनीहरूलाई अझै साधारण सभा गर्न समय पर्याप्त रहेको बोर्ड स्रोतले नेपाल समाचारपत्रलाई बतायो । साथै नियमावलीमै व्यवस्था भएको हुँदा तत्काल संशोधन गर्न गाह्रो पनि छ । हालसम्म पुँजी नपुगेका कम्पनी पुँजी बढाउने वा मर्जर तथा एक्विजिसनको प्रक्रियामा प्रवेश नगरी समय थप्न गर्ने लबिङमा लागेका छन् । यसअघि बोर्डले पुँजी नपुगेका कम्पनीहरूलाई गत पुस मसान्तसम्म पुँजी वृद्धिको योजना बुझाउन निर्देशन दिएको थियो ।
केही ब्रोकर कम्पनीहरू कारोबार न्यून हुनु, ग्राहक आधार कमजोर र सञ्चालन खर्च उच्च भएकाले पुँजी जुटाउन सकेका छैनन् । बोर्ड स्रोतका अनुसार पुँजी नपुगेका कम्पनीहरूले २ करोडदेखि १८ करोड रुपियाँसम्म पुँजी थप्नुपर्ने अवस्था रहेको छ । बोर्डले २०७९ भदौमा नयाँ ब्रोकरलाई अनुमति दिँदै २० करोडदेखि १ अर्ब ५० करोड रुपियाँ पुँजी तोकेर ३ तहमा वर्गीकरण गरेको थियो ।
जसमध्ये सीमित कार्य गर्ने ब्रोकरको २० करोड तथा पूर्ण कार्य गर्नेलाई ६० करोड तथा स्टक डिलरका कम्पनीका लागि १ अर्ब ५० करोड रुपियाँ पुँजी रहेको छ । हाल २ वटा स्टक डिलर र पूर्ण कार्य गर्ने ३ कम्पनी रहेका छन् । नयाँ लाइसेन्स खुलाउँदै गर्दा पुराना कम्पनीलाई ३ वर्षभित्र २० करोड चुक्ता पुँजी कायम गर्न निर्देशन दिइएको थियो । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का अनुसार हाल २ स्टक डिलरसहित ९२ वटा स्टक ब्रोकर कम्पनी सञ्चालनमा रहेका छन् । ब्रोकर कम्पनीमध्ये ५० पुराना र ४२ नयाँ हुन् ।
तीन वर्षसम्म चुक्ता पुँजी नपु¥याउने ब्रोकर कम्पनीहरू
–ओपल सेक्युरिटिज इन्भेस्टमेन्ट प्रालि
–प्रज्ञान सेक्युरिटिज प्रालि
–नेपाल स्टक हाउस प्रालि
–प्राइमो सेक्युरिटिज प्रालि
–त्रिशूल सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट प्रालि
–साउथ एसियन बुल्स प्रालि
–निभ सेक्युरिटिज प्रालि
–क्रिस्टल कञ्चनजंगा सेक्युरिटिज प्रालि
–भृकुटी स्टक ब्रोकर कम्पनी प्रालि
–कुमारी सेक्युरिटिज प्रालि
–अरुण सेक्युरिटिज प्रालि,
–मार्केट सेक्युरिटिज एक्सचेन्ज कम्पनी प्रालि
–आशुतोष ब्रोकेरेज एन्ड सेक्युरिटिज प्रालि
–मल्ल एन्ड मल्ल स्टक ब्रोकर कम्पनी प्रालि
–त्रिदेव ब्रोकेरेज हाउस प्रालि
–एबीसी सेक्युरिटिज प्रालि
–सगरमाथा सेक्युरिटिज प्रालि
–सिप्ला सेक्युरिटिज प्रालि
–मिडास स्टक ब्रोकर कम्पनी प्रालि
–सिप्रबी सेक्युरिटिज प्रालि
–स्वेता सेक्युरिटिज प्रालि
–एसियन सेक्युरिटिज प्रालि
–सेक्योर्ड सेक्युरिटिज प्रालि
–सुमेरु सेक्युरिटिज प्रालि
–इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालि
–सेवा सेक्युरिटिज प्रालि
–श्रीहरि सेक्युरिटिज प्रालि
–दिव्या सेक्युरिटिज एन्ड स्टक हाउस प्रालि
–क्रिएटिभ सेक्युरिटिज प्रालि
–कालिका सेक्युरिटिज प्रालि











प्रतिक्रिया