रोटरी काठमाण्डौ हेरिटेजद्धारा निःशुल्क स्वास्थ्यशिविर


काठमाडौं
रोटरी काठमाण्डौ हेरिटेजद्धारा निःशुल्क स्वास्थशिविर आयोजना गरेको छ ।

काठमाण्डौंको गुहेश्वरी स्थितबाल सारथी एकेडेमीमा आयोजना गरिएको उक्त शिविरमा एकेडेमीका बिद्यार्थी र स्थानियसहित २ सय ५० जनाले निःशुल्क स्वास्थ जाँच गराउनुकासाथै उनिहरुलाई निःशुल्क औषधीसमेत बितरण गरिएको थियो । शिविर आयोजना गर्नका लागि शान्ति सेवा गृहले डाक्टर तथा अन्य मेडिकल टिम सहयोग गरेको थियो ।

रोटरी क्लब अफ काठमाण्डौ हेरिटेजका चार्टर्ड प्रेसिडेन्ट हेमाकुमारी अधिकारीको अध्यक्षताका सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन क्लबका मेम्बरसिप चेयर डा. माला खरेलले गर्नुभएको थियो । कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष हरि पाण्डे प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव डा. वुद्धि मल्लले गर्नुभएको थियो ।

कार्यक्रममा सेवाग्राहीको निःशुल्क रक्त परीक्षण, स्वास्थ परीक्षण, दन्त परिक्षण, फिजियोथेरापी सेवा तथा अन्य विभिन्न रोगको निःशुल्क परामर्श उपलब्ध गराउनुका साथै स्वास्थ्यपरीक्षण गरिएकालाई निःशुल्क जुकाको औषधी, लिटो, सातु, दन्तमन्जन, ब्रस तथा अन्य विभिन्न औषधी उपब्ध गराइएको थियो । क्लबले यस अघि क्यान्सर सचेतना तथा अर्काे क्लबसँग मिलेर संयुक्त रुपमा निःशुल्क स्वास्थशिविर आयोजना गरिसकेको छ ।