काठमाडौँ।
सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । बुधबार अपरान्हदेखि सुरु भएको बैठकमा ९ वटा बुँदामा सहमति भएको पत्रकार सम्मेलनमा शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए। शिक्षकहरुको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने उनले जानकारी दिए ।
यो सहमतिसँगै शिक्षकहरुले आफ्नो आन्दोलन फिर्ता लिई भर्ना अभियानमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
शिक्षक महासङ्घले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको थियो ।











प्रतिक्रिया