ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त


काठमाडौँ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफासिमा राष्ट्रपतिले गर्बुजालाई बुधबार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेका थिए ।