नाउपाका संरक्षक रेशम चौधरी रिहा


काठमाडौँ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी बुधबार दिउँसो काठमाडौँको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । लगत्तै उनलाई डिल्लीबजार कारागार लगिएको थियो।
उक्त पत्र फेक भएको पाईएसंगै सर्वोच्च अदालतले नै अर्को पत्र लेखेर चौधरीलाई छाड्न भनेको थियो। त्यसपछि उनी रिहा भएका हुन्।

यस्तै फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् ।