काठमाडौँ ।
सरकार र आन्दोलनरत शिक्षक महासंघ बीच वार्ता सुरु भएको छ। । हिजो राती अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो २ः०० बजेबाट पुनः वार्ता सुरू भएकाे हाे । सो वार्ता शिक्षा मन्त्रालयमा जारी रहेकाे छ ।
नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदबाट निर्णय गराउने योजना रहेको छ । दोस्रो चरणमा भने संसदबाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो ।
यद्दपी, वार्ता जारी रहे पनि काठमाडौँ केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजेदेखि नयाँ बानेश्वर-माइतीघर खण्डमा जारी राखेकाे अध्यक्ष लक्ष्मीकिशाेर सुबेदीले जानकारी दिए ।











प्रतिक्रिया