शिक्षक आन्दोलनको समय हेरफेर


काठमाडौँ।

नेपाल शिक्षक महासंघले आन्दोलनको समय सरेको बताएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भोलिबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आन्दोलन हुने जानकारी दिए।

यसअगाडि शिक्षकहरूले बिहान ९ बजेदेखि नै आन्दोलन गर्ने गरेका थिए। शिक्षा ऐन लगायत विभिन्न माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरू २१ दिनेदेखि शैक्षिक आन्दोलनमा रहेका छन्।