काठमाडौं ।
नेपाल राष्ट्र बैङ्कका लागि गभर्नर छनोट थप पेचिलो बन्दै गएको छ । गभर्नर सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले असन्तुष्टि जनाउँदै आज राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको सिफारिस समितिमा पूर्व गभर्नरका रूपमा भट्टराईसहित विश्व पौडेल सदस्यको जिम्मेवारीमा थिए ।
एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका छन् । समितिको भूमिकालाई नजरअन्दाज गरिएको भन्दै उनले असन्तुष्टि जाहेर गरिरहेको अवस्थामा उनकाे राजीनामा आएको हाे ।











प्रतिक्रिया