राप्रपा प्रदर्शन : राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा


काठमाडौँ।

सिंहदरबारभित्रै प्रदर्शन गरेकोम आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले पक्राउ परेका सबैलाई रिहा गरिएको जानकारी दिए।

पर्चासहित चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका नेताको रिहाइको माग गर्दै सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले आइतबार लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई पक्राउ गरेको थियो।त्यस्तै बानेश्वर क्षेत्रबाट ३ जना पक्राउ परेका थिए ।