अध्यक्षसहित राप्रपाका थप नेता पक्राउपछि राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आकस्मिक बैठक बस्दैछ।

 सिंहदरबारबाट पार्टी अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत पक्राउ परेपछि राप्रपाले आकस्मिक रूपमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।