काठमाडौं
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा घरबारविहीन तथा मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिएका व्यक्तिहरूलाई १८ दिनसम्म भोजनको व्यवस्था गरेको छ । बैंकले भोटुस्इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा चैत्र २०, २०८१ देखि वैशाख ६, २०८२ सम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका करिब १९०० जनालाई दैनिक भोजन उपलब्ध गराएको हो ।
बौद्ध, चाबहिल, जोरपाटी, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका क्षेत्रका नदी किनार, सडक छेउ तथा पुलमुनी बस्दै आएका व्यक्तिहरूलाई लक्षित गरी बैंकले यो अभियान सञ्चालन गरेको जनाएको छ । यस कार्यक्रममार्फत समाजमा उपेक्षित समुदायप्रति उत्तरदायित्व निर्वाह गर्दै संस्थागत सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने प्रयास गरिएको छ ।
बैंकले यसै अवसरमा चैत्र २ गतेदेखि वैशाख ५ गतेसम्म ७ वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ । कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको जीतपूर र हस्पिटललाइन, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा सञ्चालन गरिएका शिविरहरूबाट करिब १७०० जनाले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन् । बैंकले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक कार्यहरू गर्दै आएको छ ।











प्रतिक्रिया