काठमाडौँ।
मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। फौजदारी कसुरमा काठमाडौँजिल्ला अदालतले अहिराविरुद्ध पक्राउ अनुमति जारी गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार एउटा जाहेरी परेको र उनीमाथि अनुसन्धान जारी छ।
जाहेरीमा डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । सुरुमा राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी हुन् ।
अहिराज २०७७ फागुन ७ मा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए।











प्रतिक्रिया