काठमाडौं ।
सिराहाको नरहा गाउँपालिकाकी २५ वर्षीया आनन्दीदेवी सदायको मृत्युपछि चर्चामा आएको घटनामा गृहमन्त्री रमेश लेखकले चासो देखाउँदै छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका छन्।
चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी आनन्दीदेवीलाई मंगलबार नवराजपुर गाउँपालिका–३, दोनबारी टोलस्थित माइतिघरमा झुन्डिएको अवस्थामा फेला पारिएको हो ।
उनीमाथि पुस ९ गते दुई युवाले बलात्कारको प्रयास गरेका थिए भन्ने आरोप छ, र उनले यसबारे प्रहरीमा किटानी जाहेरी पनि दिएकी थिइन्।
तर, प्रहरीले जाहेरी दर्तामा ढिलाइ गरेको, र अहिलेसम्म आरोपितहरू फरार रहेको पाइएको छ। उनीहरू भारततर्फ भागेको आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको छ, र अनुसन्धान भइरहेको बताइएको छ।
प्रतिक्रिया