काठमाडौं ।
मन्त्रिपरिषद्को निर्णयलाई अस्वीकार गर्दै आज पनि शिक्षकहरूको आन्दोलन यथावत् जारी रहेको छ। आन्दोलनकारी शिक्षकहरूले राज्यको व्यवहारलाई “अनुदार” भन्दै आन्दोलन अझ बलियो रूपमा अगाडि बढाउने चेतावनी दिएका छन्।
माइतीघर मण्डलामा आज पनि दिउँसो १२ बजे उपस्थित हुन आह्वान गरिएको छ। आन्दोलनको यो “निर्णायक मोड” मा देशभरका शिक्षकहरुलाई काठमाडौं आइपुग्न नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदी आग्रह गरेका छन् ।
आन्दोलनकारीहरूले अनधिकृत विचार, अफवाह, षड्यन्त्र र भ्रामक समाचारबाट सतर्क रहन सबैलाई अध्यक्ष सुवेदी अपिल गरेका छन्। उनीहरू “मेरो आन्दोलन, मेरो सहभागिता” भन्ने नाराका साथ एकताबद्ध हुँदै आन्दोलनलाई अझ सशक्त बनाउने अठोटमा छन्।
प्रतिक्रिया