आरोही कामी रिता शेर्पालाई लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण


काठमाडौं
लुम्बिनी विकास बैंक लिमिटेडले विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि जान लागेका कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेको छ । बैंकसँग स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आएका पर्वतारोही शेर्पा ३१औं पटक सगरमाथाको सफल आरोहणको लागि जान लाग्नुभएको हो ।

लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटक सम्म सर्वोच्च शिखर सगरमाथामा किर्तिमानी पर्वतारोही शेर्पाले पुर्याइसक्नु भएको छ । पुनः तेश्रो पटक बैंकको लोगो अंकित ब्यानर सगरमाथामा पुर्याउनका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले पर्वतारोही शेर्पालाई हस्तान्तरण गर्नुभएको हो ।

पर्वतारोही शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंकमा निरन्तर सहयात्री बनी आबद्घ हुनुहुन्छ । यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालका लागि आपूmले ३१औं आरोहण गर्न लागेको उनले जानकारी दिनुभयो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस बैंकले निरन्तर सहयात्रा भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधि सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।