प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटबार्ता


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिचमा भेटबार्ता भएको छ । गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बिचमा भेटबार्ता भएको हो ।

 उक्त भेटबार्ता मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ । सो भेट बार्तापछि दुइ दलीय संयन्त्रलाइ सक्रिय बनाउने सहमति भएको जनाइएको छ।